सन्दिप संगै युवा क्रिकेटर अनिल शाहको अर्को फड्को

|
सन्दिप संगै युवा क्रिकेटर अनिल शाहको अर्को फड्को

विगत केहि समय नेपाली क्रिकेटमा चलेको नाम हो अनिल कुमार शाह | युवा खेलाडी तथा नेपाली क्रिकेट टिमका पछिल्ला विकेटकिपर व्याट्सम्यान अनिल कुमार शाह, सिंगापुर क्रिकेट एसोसिएसनको आयोजनामा मे १ तारिखबाट हुन गईरहेको एलिट प्लेयर सिरिज २०१८ मा सहभागी हुन गईरहेका छन् | टि-२० फर्म्याटमा हुन गईरहेको उक्त घरेलु प्रतियोगिता खेल्नका लागि उनि मार्च २९ तारिख सिंगापुर तर्फ प्रस्थान गर्न लागेको वताएका छन्| राष्ट्रिय कप्तान पारस खड्काको पहलमा एसजी क्रिम्सन्स टोली संग आवद्ध भएका अनिलकुमार शाहको यो अर्को फड्को हो| अनिलले प्रत्येक खेलमा ५० डलर भत्ता पाएसंगै थप २५ डलर डाइट भत्ता पाउनेछन | "बिदेशी भूमिमा गएर खेल्न पाउनु आफैमा निखार ल्याउन पाउने अवसर हो| पक्कै पनि यस अवसर खेर जान दिने छैन", उनि भन्छन | 


पांच टेस्ट रास्ट्र सहितको गत यु-१९ एसिया कपमा, उनले खेलेका ४ खेलका ४ इनिंगमा १०१ रन सहित २ विकेट समेत लिएका थिए| नेपाललाई सेमिफाइनल सम्म डोहोर्याउन उनको महत्वपुर्ण भूमिका रहेको त्यस प्रतियोगितामा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको थियो | एभरेस्ट प्रेमिएर लीगमा, पारस खड्काको कप्तानित्वमा रहेको टिम विराटनगर किंग्सलाई अन्तिम ओभरमा जित दिलाएपछी उनको चर्चा निकै बढेको थियो | विश्व क्रिकेट लिग डिभिजन २ मा पहिलो पटक नेपाली राष्ट्रिय टिमबाट ओपनिंगको जिम्मा पाए लगत्तै उनले विश्वकप छनौट समेत खेलेका थिए|


बाराको कलैयाबाट क्रिकेटको सुरुवात गरेका उनका तिता मिठा संघर्षका क्षण धेरै रहेका छन् | आफुलाई राम्रो क्रिकेट खेलाडी भएको प्रमाणित गर्न उनि कलैयाबाट निकै संघर्ष गर्दै काठमान्डूसम्मको यात्रा तय गरेका थिए| बारामा स्कुलस्तरीय क्रिकेट प्रतियोगिता देखि नै उनले आफुमा ब्याटिंग गर्ने राम्रो कला भएको प्रमाणित गरिसकेका थिए | चार टोली रहने उक्त प्रतियोगितामा अनिलको टोली एसजी क्रिम्सन्सले प्रतियोगिताको पहिलो दिन एसजी क्रिसेन्टको सामना गर्ने छ|

Dipesh Pandit

Also renowned as Thejuly23rd in social medias, Dipesh is a computer engineering graduate and a close spectator of Nepali cricket. He is the co-founder of the Letzcricket team.