नेपाल विरुद्ध ओमान : हेड टु हेड

|
नेपाल विरुद्ध ओमान : हेड टु हेड

एसिया कप छनौट प्रतियोगिता यहि अगस्त २९ तारीखबाट मलेशियामा आयोजना हुनेछ। प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हंगकंग, ओमान र सिंगापुर भिड्दै छन्। प्रतियोगिताको बिजेताले एसिया कपको समुह “ए” मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा नै खेल्ने मौका प्राप्त गर्नेछ। उल्लेखित प्रतियोगिताकै लागि अभ्यास खेल खेल्न श्रीलंका भ्रमण सकेर नेपाली टोलि मलेशिया पुगिसकेको छ। नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल अगस्त २९ मा ओमानसङ खेल्नेछ। 

नेपाल र ओमानबिच ५० ओभरको खेलमा यसअघिनै ६ पटक भिडन्त भैसकेको छ। उक्त ६ प्रतिस्पर्धामा नेपाल र ओमान दुबैले ३/३ खेल आफ्नो पक्षमा पारेका छन्। 

यी दुई टोलिबिच पहिलो खेल सन् २००२ को ए.सि.सि ट्रोफि प्रतियोगितामा भएको थियोे जुन खेल नेपालले १०५ रनको ठुलो अन्तरले जितेको थियो। त्यसपस्चात ओमानले पनि क्रीकेटमा धेरै नै छलाङ मारिसकेको छ र फेब्रुअरीमा आयोजना भएको डिभिजन २ को समुहचरणको खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

नेपाल र ओमानबिच भएका बिगतका खेलहरुको नतिजा:-


ए.सि.सि ट्रोफि - जुलाई १२ , २००२
नेपाल - १५३/९ (५० ओभर)
ओमन - ४८ अल आउट (३५.३ ओभर)
नेपाल १०५ रनले विजयी ।


ए.सि.सि ट्रोफि एलिट - अप्रिल २,२०१०
ओमन - १६९/९ (५० ओभर)
नेपाल - १७२/४ (३८.३ ओभर)
नेपाल ६ विकेटले विजयी ।


आइ.सि.सि बिश्व क्रीकेट लिग डिभिजन ३- मे २, २०१३
नेपाल - १६०/९ (५० ओभर)
ओमन - १३२ अल आउट (४६.४ ओभर)
नेपाल २८ रनले विजयी ।


ए.सि.सि प्रेमिएर लिग - मे ४, २०१४
नेपाल - १५७ अल आउट (४५ ओभर)
ओमन - १६१/८ (४७.५ ओभर)
नेपाल २ विकेटले पराजित ।


एसोसिएट म्याच - नोभेम्बर १४, २०१५
नेपाल - १८४ अल आउट (४९.३ ओभर)
ओमन - १६७/७ (४८.१ ओभर)
नेपाल ३ विकेटले पराजित ।


आइ.सि.सि बिश्व क्रीकेट लिग डिभिजन २- फेब्रुअरी ९, २०१८
नेपाल - १३८ अल आउट (४६ ओभर)
ओमन - १३९/४ (३५.१ ओभर)
नेपाल ६ विकेटले पराजित ।


यो पनि पढ्नुहोस् :


एशियाकप क्वालिफायर: भोली हुने ओमान विरुद्ध खेलबारे सम्पुर्ण तथ्य


 


Ananta Wagle

A Cricket Fan