प्लस टु क्रिकेट : एन्जल हर्ट कलेज र नेक्सस उच्च मा.बि. बिजयी

|
प्लस टु क्रिकेट : एन्जल हर्ट कलेज र नेक्सस उच्च मा.बि. बिजयी

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिग को नवौ दिनको पहिलो खेल एन्जल हर्ट कलेजले ट्रिनेटी कलेज लाई ९ विकेटले पराजित गरेको छ भने उच्च मा. बि. ले ८ विकेटले पराजित गरेको छ ।

शुक्रबार सम्पन्न पहिलो खेलमा जितेर ब्याटिङ रोजेको ट्रिनेटी ले निर्धारित १६.५ ओभर खेल्दै १० विकेटको क्षेतीमा ५४ रन बनाएको थियो । ट्रिनिटका बिनायक अधिकारीले ११ रन बाहेक अन्य ब्याट्स म्यान दोहोरो अंक बनाउन नसक्दा कम स्कोरमा समेटिएको थियो ।

बलिङ तर्फ एन्जल हर्ट कलेजका महेश खत्रीले ३ र दिपेन्द्र ऐरी, ईश्वर बोगटी र अजय कौशिकले समान २÷२ वीकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको एन्जल हर्टले ८.४ मा १ विकेट गुमाउदै लक्ष्य भेट्टाएको थियो । एन्जल हर्टका म्यान अफ द म्याच घोषित अजय कौशिकले २९ बलमा ४० रन नटअ नउट खेल्दा टिमले बिजय प्राप्त गरेको थियो ।

दोस्रो खेल नेक्सस उच्च मा.बि. ८ बिकेटले बिजयी

सोमबारै सम्पन्न दोस्रो खेलमा नेक्ससका हिमान्सु शाहीले बिस्पोटक ब्याटिङ गरेपछि नेक्सस उच्च मा.बि.ले ओमेगा कलेज लाई ८ बिकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङमा उत्रेको ओमेगा कलेजले १९.४ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो । ओमेगाका अमृत थापाले ३२ बलमा ४९ रन बनाउदा अर्का ब्याट्स म्यान रबि सिहले १३ बलमा २४ रन र अंकित प्रताप सिहले २१ बलमा २३ बनाएका थिए ।
बलिङ तर्फ नेक्ससका सुलभ ढुङगाना र रमेश भट्ट ले समान ३÷३ विकेट लिएका थिए भने समिर सेनले २ विकेट लिएका थिए ।

१४८ रनको लक्ष्य पच्छया्उदै जवाफी ब्याटिङमा उत्रेको नेक्सस उच्च मा.बि.ले १६.३ ओभर खेल्दै २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेक्ससका लागि म्यान अफ द म्याच घोषित हिमान्शु शाहले ५० बलमा ९ चौका प्रहार गर्दै ७१ रन, रमेश भट्टले २८ बलमा ३२ र समिर सेनले १८ बलमा २७ रन बनाएका थिए ।

बलिङ तर्फ ओमेगाका कमल जि सी र सन्दिप दाहालले समान १÷१ विकेट लिएका थिए ।