एशियाकप क्वालिफायर: भोली हुने ओमान विरुद्ध खेलबारे सम्पुर्ण तथ्य

|
एशियाकप क्वालिफायर: भोली हुने ओमान विरुद्ध खेलबारे सम्पुर्ण तथ्य

नेपालले एसीसी एशिया कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल भोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। बायुमास ओभल मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार विहान पौने आठ बजेबाट सुरु हुनेछ । सोमबार मलेसिया पुगेको नेपाली टिमका कप्तान पारस खड्काले मलेसियाको परिचित भएतापनि ओमान राम्रो टिम रहेको र कमजोरका प्रतिद्वन्दीका रुपमा नलिने बताए ।

ओमान, नेपालका लागि कुनै नौलो टिम भने होईन। यी दुई चितपरिचित प्रतिद्वन्दीले अहिलेसम्म ६ पटक खेलेका छन, जसमा नेपालले ३ खेल जितेको छ भने पछिल्ला केही वर्षयता नेपालले ओमानविरुद्ध जित निकाल्न भने सकेको सकेको छैन । सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराउंदा २०१० मा नेपालले ६ विकेटले विजय हासिल गर्न सफल भएको थियो ।

२०१३ को डिभिजन थ्रीमा नेपालले जित निकालेपनि त्यसपछि भएका दुई खेलमा भने नेपाल ओमानसंग पराजित भएको छ । २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल विरुद्ध २ विकेटको जित पछि २०१८ को वर्ल्ड क्रिकेट लिग डिभिजन टु मा ओमानले ६ विकेटको जित हात पारेको थियो ।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका लागि क्यारेवियन प्रिमियर लिग खेल्न गएका नेपाली युवा स्टार सन्दिप लामिछाने पनि आज मलेसिया  पुगिसकेका छन्।

 
यो पनि पढ्नुहोस् :


नेपाली क्रिकेटले श्रीलंकाबाट थपेको आश

नेपाल विरुद्ध ओमान : हेड टु हेड