प्लस टु क्रिकेट लिग पहिलो दिन : ब्रम्हास्मी र निस्ट कलेज विजयी

|
प्लस टु क्रिकेट लिग पहिलो दिन : ब्रम्हास्मी र निस्ट कलेज विजयी

 

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिग बिहीबारबाट शुरु भएको छ । प्याब्सन नेपालका सहअध्यक्ष डि.के ढुङगानाले उक्त प्रतियोगिताको एक समारोहबीच उद्घाटन गर्नु भएको छ ।


प्रतियोगिताको पहिलो दिन ब्रम्हास्मी कलेज आलोकनगर र भिएस उच्च मा.बि. तिनकुनेबीच भएको खेलमा ब्रम्हास्मी ८ विकेटले बिजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको भिएस निकेतनले निर्धारित २० ओभरमा १९ ओभर खेल्द ैअल आउट हुँदा ९९ रन मात्र बनाउन सफल भएको थियो । भिएसका दिनेश अधिकारीले ३७ बलमा ४६ रन बनाउँदा रुपेश सिंहले १५ रनको योगदान गरे भने अन्य ब्याट्सम्यानहरुको राम्रो प्रर्दशन राम्रो हुन नसक्दा टिम मध्यम स्कोरमै समिटिएको थियो ।

बलिङतर्फ ब्रम्हास्मीका म्यान अफ द म्याच घोषित अजय बिक्रम अधिकारीले ४ ओभरमा ११ रन दिएर ५ बिकेट लिए भने अर्जुन गिरी, पप्पु यादव र सुबास बिकले समान १÷१ विकेट लिएका थिए ।

१०० रनको लक्ष्य पछ्याउदै ब्याटिङमा उत्रेको ब्रम्हास्मीले १५.२ ओभरमै लक्ष्य भेट्टाउँदा ८ विकेटले बिजयी भएको हो । ब्रम्हास्मीका महेश रानाले ४१ बलमा ९ चौका प्रहार गर्दै ५४ रन बनाएका थिए भने बिपीन बिक्रम शाहीले १३, आयुष भट्टराईले १२ रन बनाएका थिए ।

बलिङतर्फ भिएसका सुमन गतराज र दिनेश अधिकारले समान १÷१ बिकेट लिएका थिए । स्वपनील लम्सालले १ वीकेट लिए ।

दोस्रो खेलमा निस्ट बिजयी

बिहिबारै सम्पन्न दोस्रो खेलमा आयोजक ओमेगा कलेजलाई निस्टले २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङमा उत्रेको निस्टले सम्पूर्ण बिकेट गुमाउदै १५.४ ओभरमा ११२ रन बनाएको थियो । निस्टका सोहन यादवले २२ बलमा ३९ रन, सागर थापाले २० बनाएका थिए । ओमेगाका अभिनभ यादवले ३ विकेट तथा अमृत थापाले २ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको ओमेगाका रबि सिहले २३ र अफजल अलिले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा १६ ओभरमा अलआउट हुदै ८४ रन बनायो । जसको फलस्वरुप टिम २८ रनले पराजित हुन पुग्यो । बलिङतर्फ निस्टका हृतिक शाह ले ४ विकेट, सागर थापा, युनिस सिह र सोहन यादवले समान १÷१ बिकेट लिएका थिए ।