इपीएल - भैरहवाको लगातार दोस्रो जित, चितवनको तेस्रो हार

|
इपीएल - भैरहवाको लगातार दोस्रो जित, चितवनको तेस्रो हार

काठमाडौँमा जारी एभरेस्ट प्रिमीयर लिग (इपीएल) मा भैरहवा ग्ल्याडियटर्सले चितवन राइनोजलाई १२ रनले पराजित गर्दै जारी प्रतियागितामा लगातार दोस्रो जित हासिल गरेको छ । यस नतिजासँगै चितवन राइनोजले लगातार तेस्रो हार बेहोरेको छ ।

पहिले ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा अलआउट हुँदै १४३ रनको योगफल तयार गरेको थियो । भैरहवाका लागि रायन टेन डेस्कोथेकले ३५ रनको योगदान दिँदा पैदीप ऐरीले २६ रनको पारी खेलेका थिए । साथै रवि इन्दर सिंहले २५ रन बनाएका थिए । चितवनको तर्फबाट सागर ढकालले ३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा चितवनका लागि पउल स्टर्लिङले सर्वाधिक ३८ रन बनाएका थिए भने जोन सिम्पसनले २६ रनको योगदान दिएका थिए । यसका अलावा कुनै खेलाडीको ब्याट नचल्दा चितवन निर्धारित २० ओभरमा १३१/९ मा समेटिएको थियो । भैरहवाका लागि बलिङतर्फ शरद भेषवाकर तथा रवि इन्दरले समान २/२ विकेट लिएका थिए ।

लगातार तीन खेलमा हार बेहोरे पश्चात पोखरा तथा चितवनको प्लेअफ पुग्ने सम्भावना ककमजोर बनेको छ । चितवनले यसअधि ललितपुर तथा काठमाडौँसँग पराजित भएको थियो ।