अस स्टडीज प्लस टु क्रिकेट लिगको उपाधी ब्लुबर्ड कलेज लाई

|
अस स्टडीज प्लस टु क्रिकेट लिगको उपाधी ब्लुबर्ड कलेज लाई

चैत्र ७ गते देखी नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिगको फाईनल खेलमा ब्रम्हास्मी कलेज लाई ५ विकेटले हराउदै ब्लुबर्ड कलेजले उपाधी कब्जा गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको ब्रम्हास्मी कलेज ले निर्धारित २० ओभर ओभर खेल्दै ९ विकेटको क्षेतीमा १३६ रन बनाएको थियो । ब्रम्हास्मीका बिशाल पौडेलले ३६ बलमा ३९ रन, आईस भट्टराईले २८ बलमा ३१ रन, अर्जुन गिरीले १६ र हेमन्त क्षेत्रीले १४ रन बनाएका थिए ।

बलिङ तर्फ ब्लुबर्डका सुरज तामाङले ४ ओभरमा १६ रन खर्चेर २ विकेट, बिबेक राना मगरले ४ ओभरमा ३४ रन दिदै २ विकेट लिएका थिए भने गौरभ कटुवाल र शंकर पौडेलले समान १/१ वीकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको ब्लुबर्डले १९.१ ओभरमा ५ विकेट गुमाउदै १३७ रन बनाउदा उपाधी जितेको हो । ब्लुबर्डका बिपीन आचार्यले २९ दल खेल्दै ३४ दुर्गेश थापाले २३ बलमा २३ रन र गौरभ कटुवालले १३ बलमा २१ रन बनाएका थिए । बलिङ तर्फ ब्रम्हास्मीका बिशाल पौडेल ले २ लिएका थिए । ब्लुबर्डका गौरब कटुवाल म्यान अफ द म्याच घोषित भएका थिए ।

समापन समारोहका प्रमुख अतिथी नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमट्टाले बिजेता ब्लुबर्डले रु १ लाख नगद सहित ट्रफी र उपबिजेता ब्रम्हास्मीले नगद ५० हजार सहित ट्रफी हस्तान्तरण गर्नु भयो ।

म्यान अफ द सिरिज ब्रम्हास्मीका बिशाल पौडेल घोषित भए भने बेष्ट बलर ह्वाईट हाउसका आरियो पौडेल भएका थिए । बेष्ट ब्याटस्म्यान ब्लुबर्डका दुर्गेश थापा भएका छन ।