प्लस टु क्रिकेट लिग : ब्रम्हास्मी र ब्लुबर्ड कलेज फाईनल प्रबेश

|
प्लस टु क्रिकेट लिग : ब्रम्हास्मी र ब्लुबर्ड कलेज फाईनल प्रबेश


नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिगमा ब्रम्हास्मी र ब्लुबर्ड फाईनल पुगेका छन । मंगलबार सम्पन्न खेलमा ब्रम्हास्मी र ग्ल्यासीयर लाई ११ रनले पराजित गरेको थियो भने ह्वाईट हाउस लाई ६ रनले हराउदै ब्लुबर्ड बिजयी भएको थियो ।

पहिलो खेलमा टस हारेर ब्याटिङ ब्याटिङको निम्तो पाएको ब्रम्हास्मी कलेज ले निर्धारित १८.२ ओभर ओभर खेल्दै १० विकेटको क्षेतीमा १०२ रन बनाएको थियो । ब्रम्हास्मीका महेश रानाले ४९ बलमा ४५ रन र बिशाल पौडेलले २४ रन बनाएका थिए ।  बलिङ तर्फ ग्ल्यासियरका एम डी हसन, निराजन राउत र रिजन थापाले समान २÷२ वीकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको ग्ल्यासियरले १८.३ ओभरमा १० विकेट गुमाउदै ९१ रन बनाउदा पराजय भोगेको थियो । ग्ल्यासियरका कैलाश भट्टराईले २२ रन र रमेश बि क ले १८ रन बनाएका थिए ।
बलिङ तर्फ ब्रम्हास्मीका बिशाल पौडेल ले ३ बिकेट र अर्जुन गिरी ले २ लिएका थिए ।

ब्रम्हास्मीका बिशाल पौडेल म्यान अफ द म्याच घोषित भएका थिए ।

दोस्रो खेल : ब्लुबर्ड ६ रनले बिजयी

मंगलबारै सम्पन्न दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको ब्लुबर्ड कलेजले १९.५ ओभरमा १० विकेट गुमाउदै ११२ रन बनाएको थियो । ब्लुबर्डक निर्भिक पाठकले २८ र दुर्गेश थापाले २० रन बनाएका थिए ।
बलिङ तर्फ ह्वाईट हाउसका सुशान्त सिह, आरियो पौडेल र पवन कार्कीले समान २÷२ विकेट लिएका थिए ।

लक्ष्य पच्छया्उदै जवाफी ब्याटिङमा उत्रेको ह्वाईट हाउसले २० ओभरमा ६ विकेट गुमाउदै १०६ रन बनाएकोे थियो । ह्वाईट हाउसका संजय श्रेष्ठ ले २९ रन र पबन कार्कीले २७ रन बनाएका थिए ।
बलिङ तर्फ ब्लुबर्डका सुरज तामाङ, सुरेश खत्री र बिबेक राना मगरले समान १÷१ विकेट लिएका थिए । ह्वाईट हाउसका पबन कार्की म्यान अफ द म्याच घोषित भएका थिए ।