प्लस टु क्रिकेट लिग : ब्रम्हास्मी र हिमालयन ह्वाईट हाउस कलेज बिजयी

|
प्लस टु क्रिकेट लिग : ब्रम्हास्मी र हिमालयन ह्वाईट हाउस कलेज बिजयी

१० चैत्र, काठमाण्डौ ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको चौथो दिन ब्रम्हास्मी र हिमालयन ह्वाईट हाउस कलेज बिजयी भएको छ ।

आईतबार सम्पन्न पहिलो खेलमा टस हारेर ब्याटिङ को निम्तो पाएको ब्रम्हास्मीले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षेतीमा १७१ बनाउन सफल भएको थियो ।

ब्रम्हास्मीका आइस भट्टराईले ४५ बलमा ६ चौका को मद्दतले ५१, महेश रानाले २१बलमा ६ चौका प्रहार गर्दै ३६ र अर्जुन गिरीले २६ बलमा २५ रनको योगदान दिएका थिए । बलिङ तर्फ युनिग्लोव कलेजका हर्षा अधिकारीले २, निरज पाल,रौनक ढुङगाना र आयुष मरासनि समान १÷१ वीकेट लिएका थिए ।

१७२ रनको लक्ष्य पच्छ्याउदै ब्याटिङमा उत्रेको युनिग्लोवले १७.१ ओभरमा ६ विकेट गुकाउदै ८७ समेटिदा ८४ रनले पराजय भयो । युनिग्लोवका सन्तोष तिमिल्सेना ले ३१ र बिसाल कुवरले ले २९ रन बनाएका थिए बलिङ तर्फ ब्रम्हास्मी का म्यान अफ द म्याच घोषित मिलन भट्ट ले ४ ओभरमा १८ रन खर्चिदै ५ विकेट लिएका थिए भने अजय बिक्रम अधिकारीले १ वीकेट लिएका थिए

 आईतबारै सम्पन्न दोस्रो खेलमा हिमालयन ह्वाईट हाउस कलेजले मोर्गन कलेज लाई १४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङमा उत्रेको हिमालयन ह्वाईट हाउस कलेजले २० ओभरमा ६ विकेट को क्षेतीमा १४५ रन बनाएको थियो । ह्वाईट हाउस का आयुष बस्नेतले ५० बलमा ५० रन, खडक बोहोराले १९ बलमा ४० रन सुशान्त सिह ले १३ बलमा १९ रन नाएका थिए ।

बलिङ तर्फ अरुन ऐरी,संगम वली, आयुष मान बल ले समान १÷१विकेट लिएका थिए । १४६ रनको लक्ष्य पच्छया्उदै जवाफी ब्याटिङमा उत्रेको मोर्गन कलेजले २० ओभर खेल्दै ७ विकेट गुमाएर १३१ रन बनाउदा १४ रनले पराजय बेहोरेको थियो ।

मोर्गनका म्यान अरुन ऐरीले ४७ बलमा ६० रन, सचिन शर्माले २५ बलमा २२ रन बनाएका थिए । बलिङ तर्फ ह्वाईट हाउसका सुशान्त सिहले ४ अनेभर मा १ मेडन राख्दै ६ रन २ विकेट, निश्चल रन्जित,पवन कार्की र आरियो पौडेल, खडक बोहोराले समान १ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच खडक बोहोरा भएका थिए ।