ब्रम्हास्मी एसईई ट्यालेन्ट हन्ट धनगढी बाट शुरु

|
ब्रम्हास्मी एसईई ट्यालेन्ट हन्ट धनगढी बाट शुरु


नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा देश भर ११ ठाउमा सम्पन्न हुने एसईई कप ब्रम्हास्मी ट्यालेन्ट हन्ट को सुरुवात आज शुक्रबार ७ न. प्रदेशको धनगढी बाट भएको छ ।

धनगढीको कभर्ड हल मा आज बाट शुरु भएको ट्यालेन्ट हन्ट २३ गते सम्पन्न हुने छ । कैलाली क्रिकेट संघका कोषाध्यक्ष हेमराज जोशी ले एक समारोह बीच उद्घाटन गर्नु भएको थियो ।

प्रशिक्षक किशन महतको नेतृत्वमा ३ सदस्यीय छनौट समितिले ट्यालेन्ट हन्टमा सहभागी खेलाडी हरु बाट उत्कृष्ट ७ जना खेलाडीको छनौट गर्नेछ ।