भारत सातौं पटक एशिया कप च्याम्पियनः जानौं यस खेलपछिका नयां किर्तीमान

|
भारत सातौं पटक एशिया कप च्याम्पियनः जानौं यस खेलपछिका नयां किर्तीमान

एशिया कपको फाईनलमा भारतले बंग्लादेशलाई तीन विकेटले हराउंदै सातौं पटक एशिया कप च्याम्पियन बन्न सफल भएको छ। निकै नै रोमान्चक प्रतियोगितामा बंग्लादेशले खेललाई अन्तिम ओवरको अन्तिम बलसम्म धकेलेको थियो। ओपनरको निकै राम्रो सुरुवातको वावजुद भारतले उत्कृष्ठ वापसी गर्दै बंग्लादेशलाई २२२ रनमै रोक्न सफल भए। बंग्लादेशको लागि ब्याट्सम्यान लिटोन दासले आफ्नो व्यक्तिगत पहिलो शतकीय पारी खेल्दै १२१ रन बनाएका थिए। 

२२३ रनको लक्ष्य पक्ष्याउने क्रममा भारतीय ब्याट्सम्यान रोहित शर्माको ४८ रन संगै महेन्द्रसिंह धोनी, दिनेश कार्तिक, रविन्द्र जडेजा र भुवनेश्वर कुमारले खेलको अन्तिम बल पछि मात्र ट्रफी हात पारे।

खेल पश्चातका केही रोमान्चक अंकहरु नियालौंः

१ - मेहदी हसनको खेल करियरको कुनै पनि फर्म्याटमा पहिलो ओपनीङ, 

१- लिटोन दासको १२१ कुनैपनि बंग्लादेशी खेलाडीले फाईनलमा बनाएको उत्कृष्ठ व्यक्तिगत स्कोर। 

१- एशियाकप फाईनलमा धोनीको २ स्टम्पीङ संगै एशियाकपमा कुमार संगाकारा(१०) भन्दा धेरै स्टम्पीङ गर्न सफल विकेटकिपर (१२) बन्न सफल। 

१- मेहदी हसन बंग्लादेशको लागि एकै खेलमा ओपनीङ ब्याटिङ र ओपनीङ बलिङ गर्ने खेलाडी। 

१- १००+ रनको ओपनीङ पार्टनरसीपको वावजुद, विश्वकप १९७९ मा ईंग्ल्यान्ड वेस्ट ईन्डिज विरुद्ध १९४ मा समेटिएपछिको  न्युन स्कोर २२२।

२- भारतीय  कप्तान रोहित शर्मा, राहुल द्रविड पछि आफ्नो कप्तानित्वको चार सिरिज लगातार जित्ने दोश्रो कप्तान बने। 

३- भारत विरुद्ध एकदिवसीय शतक प्रहार गर्ने बंग्लादेशी खेलाडीको सुचिमा आलोक कपाली र मुसफिकुर रहिम पछि तेश्रो स्थानमा लिटोन दास।

३- गिलक्रिस्ट र मार्क वाउचर पछि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ८०० डिसमिसल गर्न सफल खेलाडी महेन्द्र सिंह धोनी। 

३- अस्ट्रेलिया र ईंग्ल्यान्ड पछि ७०० अन्तर्राष्ट्रिय खेल जित्ने तेश्रो देश भारत। 

४- शिखर धवनले सिरिजमा बनाएको ३४२ रन, कुनैपनि भारतीय व्याट्सम्यानले एसिया कपको सिरिजमा बनाएको चौंथो ठुलो रन हो। 

५- मार्वन अटपट्टु, सनथ जयसुर्या, फावाद आलम र लाहिरु थिरिमाने पछि एशियाकपको फाईनलमा शतक गर्ने पांचौ खेलाडी लिटोन दास बने। 

६- भारतले यससंगै सर्वाधिक ६ वटा एशियाकप जित्न सफल भयो, श्रीलंकाको नाममा ५ एशियाकप। 

६- लिटोन दास र मेहदी हसनको १२० रनको ओपनिंग पार्टनरसीप, भारत विरुद्धको सर्वाधिक ओपनिंग पार्टनरसीपको छैंटौं सुचिमा। यसअघिका पांचमा सबै खेल भारले हार बेहोरेको थियो। 

७- यो भारतको सातौं एशियाकप जित हो। 

११- भारतले एशियाकपमा आफ्नो अविजित यात्रा ११ खेलसम्म पुर्याएको छ। 

१२०- बंग्लादेशको लागि नक आउट चरणको खेलमा हालसम्मकै उत्कृष्ठ ओपनीङ पार्टनरसीप।