‘वुमन्स च्याम्पियन्स लिग T20’ क्रिकेट प्रतियोगिताको नयाँ मिति सार्वजनिक

|
‘वुमन्स च्याम्पियन्स लिग T20’ क्रिकेट प्रतियोगिताको नयाँ मिति सार्वजनिक

नेपालमै पहिलो पटक फ्रेन्चाइज बेसमा आयोजना हुन लागेको ‘वुमन्स च्यामपिएन्स लिग T20’ क्रिकेट खेलको नयाँ मिति सार्वजनिक भएको छ ।

प्रालीका प्रवन्ध निर्देशक छुम्बी लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘WCL प्रतियोगिता नयाँ मिति यहि २०७६ साल जेष्ठ ३ गतेदेखि ११ सम्म काठमाडाैंको त्रि.वि.वि. अन्तराष्ट्रिय क्रिकेट मैदानमा संचालन गर्न लागिएको व्यहोरा समेत पत्रकार साथीहरुमा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छाैं ।’

राजधानीको होटेल सांग्रीला लाजिम्पाटमा चैत्र २९ गते शुक्रबाट टिमहरु, मार्की खेलाडीहरु र लोगो अनावरण गर्ने कार्यक्रम रहेको लामाले जनाएका छन् ।

यसअघि प्रालीले पोखरा प्रिमियर लिग सफलतापूर्वक सम्पन्न गरिसकेको छ । 

विविध प्रविधिक कारणबस खेल समयमै संचालन हुन नसकेको भन्दै क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आज एक विज्ञप्ति जारी गर्दै खेलको नयाँ मिति सार्वजनिक गरेको हो ।