डीपीएललाई आईसीसीको मान्यता
आगामी माघ २६ गतेदेखि सञ्चालन हुन ग्इरहेको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) लाई आइसीसीले मान्यता दिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो संस्करणको प्रतियोगितालाई आईसीसीले मान्यता दिएको उल्लेख गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुन गइरहेको यस प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । आईसीसीको मान्यता पाएसँगै सम्पूर्ण सदस्य राष्ट्रका खेलाडीले डीपीएलमा खेल्न पाउने भएका छन् ।
६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन् । डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५–१५ खेलाडी आबद्ध गर्नुपर्नेछ ।
डीपीएलका ६ टोली
धनगढी स्टार्स
महेन्द्रनगर युनाइटेड
सीवाईसी अत्तरिया
विराटनगर किंग्स
रुपेन्देही च्यालेन्जर्स
काठमाडौं गोल्डेन्स
