ईपीएलको आगामी संस्करण मंसिर २२ देखि

|
ईपीएलको आगामी संस्करण मंसिर २२ देखि

 

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आगामी संस्करण मंसिर २२ गतेदेखि सञ्चालन हुने भएको छ । यस सिजनका लागि काठमाडौँ किंग्सले आउँदो जिम्बाबेका सिकन्द राजा, आयरल्याण्डका केविन ओब्राइन तथा युएईका कप्तान रोहन मुस्तफालाई आफ्नो टोलीमा समावेश गरिसकेको जनाएको छ ।

काठमाडौँ किंग्स सहित भैरहवा ग्लाडियटर्स, विराटनगर वारियर्स, ललितपुर प्याट्रियट्स, पोखरा राइनोज र चितवन टाइगर्सको सहभागिता रहने सो प्रतियोगिता पुस २२ गते सम्म चल्नेछ । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर का अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को स्विकृतिका लागि गत महिना नै पत्र पठाइसकिएको छ ।

आयोजकका अनुसार यस संस्करणमा यस अघिको संस्करणभन्दा चार गुणाले लगानी बढाएको दाबी गरेको छ ।