प्लस टु क्रिकेट : ब्यालर र ग्ल्यासियर कलेज बिजयी

|
प्लस टु क्रिकेट : ब्यालर र ग्ल्यासियर कलेज बिजयी


नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिग को सातौ दिन ब्यालर कलेजले सुपर ओभरमा भिएस निकेतन लाई पराजित गरेको थियो भने ग्ल्यासियर कलेजले ट्रिनेटी कलेज लाई ८ विकेटले पराजित गरेको थियो ।

बुधबार सम्पन्न पहिलो खेल पानीका कारण ढिला शुरु हुदा ५÷५ ओभर खेलाईएको थियो । उक्त खेलमा टस जितेर ब्याटिङ रोजेको ब्यालर ले ४ विकेटको क्षेतीमा ४१ बनाएको थियो । भने जवाफी ब्याटिङ उत्रेको भिएस निकेतनले पनि ४ विकेटको क्षेतीमा ४१ र बनाउदा खेल बराबर भए पछि सुपर ओभर खेलाईएको थियो । सुपर ओभरमा भिएस निकेतनले २ बिकेट गुमाउदै ३ रन मात्र बनाउएको थियो । ब्यालरले मात्र २ बलमा ४ रन बाउदा खेल ब्यालरको पक्षमा पुगेको थियो ।

उक्त खेलका म्यान अफ द म्याच निकेश खत्री घोषित भएका थिए । उनले सुपर ओभरमा बलिङ गर्दै २ विकेट लिएका थिए ।

दोस्रो खेलमा ग्ल्यासियर कलेज ८ विकेटले बिजयी

बुधबारै सम्पन्न दोस्रो खेलमा ग्ल्यासियर कलेजले ट्रिनेटी कलेज लाई ८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङमा उत्रेको गोल्डेन गेट कलेजले १५.४ ओभर खेल्दै १० विकेट गुमाएर ५६ रन मात्र बनाएको थियो । ट्रिनेटीका भबिश्य पोखरेल ले १० रन बाहेक अन्य ब्याट्स म्यानले दाहोरो रन बनाउन नसक्दा टिम न्युन स्कोरमा समेटिएको थियो ।
बलिङ तर्फ ग्ल्यासियरका सुजन अधिकारीले ४ र टिका भण्डारीले ३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको ग्ल्यासियर कलेजले १०.२ ओभर खेल्दै २ विकेट गुमाएर ५६ रन बनाउदै ८ विकेटले बिजय भएको थियो । ग्ल्यासियरका मनोज थापा १४,रिजन थापा ११ र निराजन राउतले १० रन बनाएका थिए ।

ग्ल्यासियरका सुजन अधिकारी म्यान अफ द म्याच घोषित भएका थिए ।