अस स्टडीज प्लस टु क्रिकेट लिग : गोल्डेन गेट कलेज र ब्लुर्ड कलेज बिजयी

|
अस स्टडीज प्लस टु क्रिकेट लिग : गोल्डेन गेट कलेज र ब्लुर्ड कलेज बिजयी

 

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिग को एघारौ दिनको पहिलो खेल गोल्डेन गेट कलेजले जुद्ध उच्च मा.बि. रौतहट लाई ५ बिकेटले पराजित गरेको छ भने ब्लुबर्ड कलेज ले आमेगा कलेज लाई ९६ रनले पराजित गरेको छ ।

आईबार सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको जुद्ध मा.बि.रौतहट ले निर्धारित १५ ओभर खेल्दै ६ विकेटको क्षेतीमा ११७ रन बनाएको थियो । रौतहटका अर्बिन्द जैसवालले ३९ बलमा ५३ रन, रबि शाहले २५ र करण शाहले २३ बनाएका थिए ।

बलिङ तर्फ गोल्डेन गेट कलेजका सन्जीत पन्तले ३ र जबमु मगरले २ वीकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको गोल्डेन गेटले १४ ओभरमा ५ विकेट गुमाउदै ११८ रन बनाउदा बिजय प्राप्त गरेको थियो । गोल्डेन गेटका सुशान्त सिह थापाले ३६ रन र बिराट भण्डारीले २९ रन बनाएका थिए ।
बलिङ तर्फ रौतहटका सुभम गुप्ताले ३ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच गोल्डेन गेटका सन्जीत पन्त भएका थिए ।

दोस्रो खेल ब्लुबर्ड कलेज ९६ रनले बिजयी

आईबारै सम्पन्न दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको ब्लुबर्ड कलेजले १७ ओभरमा ४ विकेट गुमाउदै १७६ रन बनाएको थियो । ब्लुबर्डका दुर्गेश थापाले ४५ बलमा ७० रनको योगदान दिदा बिस्वास श्रेष्ठले २९ रन र सचिन लेखकले २८ रन बनाएका थिए ।

बलिङ तर्फ ओमेगाका अंकित प्रताप सिह र रबि शाहले समान १÷१ विकेट लिएका थिए ।

लक्ष्य पच्छया्उदै जवाफी ब्याटिङमा उत्रेको ओमेगा कलेजले १७ ओभरमा ९ विकेट गुमाउदै ८० रन बनाएकोे थियो । ओमेगाका लागि अमृत थापा ले १९ रन र अभिनव यादवले १४ रन बनाएका थिए ।
बलिङ तर्फ ब्लुबर्डका निर्भिक पाठक र गौरभ कटुवालले समान २÷२ विकेट लिएका थिए । ब्लुबर्डका दुर्गेश थापा म्यान अफ द म्याच घोषित भएका थिए ।