कोहलीको शतकसँगै सिरिज १-१ को बराबरीमा
कप्तान विराट कोहलीको शतकको मद्दतमा अष्ट्रेलियालाई छ विकेटले पराजित गर्दै भारतले सिरिजमा पुनरागमन गरेको छ । विराट १०४ रन बनाएर आउट भएका थिए भने पूर्व कप्तान महेन्द्र सिंह धोनीले अविजित ५५ रनको योगदान दिएका थिए ।
२९९ रनको लक्ष्य पछ्याएको भारतका लागि धोनी र विराटको अलावा ओपनर रोहित शर्माले ४३ रन बनाएका थिए भने अर्का ओपनर शिखर धवनले ३२ रन बनाए । यसै गरी अम्बाती रायडुले २४ रनको पारी खेल्दा दिनेश कार्तिक २५ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिलो ब्याटिंग रोजेको अष्ट्रेलियाले निर्धारित ४० ओभरमा २९८ रनको योगफल तयार पारेको थियो । अष्ट्रेलियाका लागि शान मार्शले १३१ रनको शानदार पारी खेलेका थिए । यस्तै ग्लेन म्याक्स्वेलले ३७ बलमा ४८ रनको योगदान दिएका थिए । बलिंगतर्फ भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट दिएका थिए भने मोहम्मद शामीले ३ विकेट हात पारेका थिए ।
Match Summary:
India 299/4 (Kohli 104, Dhoni 55, Maxwell 1-16)
beat
Australia 298/9 (Marsh 131, Maxwell 48, Bhuvneshwar 4-45)
by 6 wickets
