जोन्टी रोड्स डीपीएलको गुडविल एम्बासडर

|
जोन्टी रोड्स डीपीएलको गुडविल एम्बासडर

दक्षिण अफ्रिकी क्रिकेटर तथा विश्व क्रिकेटका फिल्डिङ हस्ती जोन्टी रोड्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको गुडविल एम्बासडर नियुक्त भएका छन् । डीपीएल आयोजकले धनगढीमा यही माघ २६ गतेदेखि हुन गइरहेको प्रतियोगिताका लागि जोन्टीलाई सद्भावना दूत बनाएको जानकारी गराएको हो ।

विज्ञप्तिमा भनिएको छ - "प्रतियोगिताको गुडविल एम्बासडरका रुपमा जोन्टीको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९ आईसीसी ० र विश्व क्रिकेटजगतको ध्यान प्रतियोगितामा तानिने विश्वास लिएका छौं । उनको उपस्थितिले खेलाडी र खेलप्रेमीलाई समेत उत्साह र प्रेरणा दिनेछ । जोन्टीलाई डीपीएलमा आबद्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने ‘स्पोर्ट्स एड’ लाई विशेष धन्यवाद दिन चाहन्छौं ।"

यसका साथै जोन्टी सीवाईसी अत्तरिया टिमको मेन्टरको रूपमा पनि रहने छन् । सीवाईसीले टिम प्रशिक्षकमा भने रायन मारोनलाई नियुक्त गरेको जनाएको छ ।