ब्रमास्मी एसईई कप दोस्रो दिन : कैलाली डल्फीन बिजयी र दङगाली त्रिशुल बिजयी

|
ब्रमास्मी एसईई कप दोस्रो दिन : कैलाली डल्फीन बिजयी र दङगाली त्रिशुल बिजयी


नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा जेष्ठ २६ गते बाट शुरु भएको ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता को दोस्रो दिनको पहिलो खेल काठमाण्डौ रोयल्स लाई १ रन ले पराजित गर्दै कैलाली डल्फीनले आˆनो बिजयी लाई जारी राखेको छ भने दोस्रो खेल बिराटनगर लाई ६ विकेटले पराजित गर्दै दङगाली त्रिशुल ले पहिलो जित दर्ता गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको कैलाली डल्फीनले ४ विकेट गुमाउदै निर्धारित २५ ओभरमा १९० रन बनाएको थियो । कैलालीका ब्याट्स म्यान साहिल पटेलले ५४ खेल्दै ७ चौकाको मद्दतले ७१ रन बनाउदै नट आउट रहेका थिए भने अस्फाक खानले ४२ बलमा ३ चौका प्रहार गदै ३२ रन बनाएका थिए । बलिङ तर्फ काठमाण्डौका निकेश गुप्ता र अनुप नेपालले समान २/२ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ मा उत्रेको काठमाण्डौ रोयल्सका शाहयद मन्सुरी ले विस्फोटक ब्याटिङ गर्दै ३६ बलमा ४ छक्का ५ चौका को मद्दतले ६९ रन बनाए पनि निर्धारित २५ ओभर समाप्तीमा टिमको रन १८९ मा सिमित भए पछि १ रन ले पराजय ब्यहोर्न पुग्यो । अन्य ब्याट्स म्यान उत्तम थापाले ३९, सुनोज के सी ले २४ र अनुप नेपालले १८ रनको योगदान गरेका थिए । बलिङ तर्फ कैलालीका रमेश बुढाले ३, सरद सुबेदीले २ र सुनिल भण्डारीले १ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच साहिल पटेल भएका थिए ।

दोस्रो खेल दङगाली त्रिशलु बिजयी

जेष्ठ २७ गते सम्पन्न दास्रो खेलमा टस जितेर ब्याटिङ रोजेको बिराटनगरले २४.१ ओभरमा १० बिकेट गुमाउदै १०३ रन बनाउन सफल भएको थियो । बिराटनगरका रोहोन भट्टराई र उमंग बस्नेतले समान १८/१८ रन र शंकर पौडेलले १३ रन बनाउदा टिमले अतिरिक्त ३३ रन प्राप्त गरेको थियो ।
बलिङ तर्फ दङगाली त्रिशुलका बलर भुपेन्द्र चन्द र सार्थक न्योपानेले समान ३/३ बिकेट लिएका थिए भने सृजन गुरुङ र अदित राउतले समान २/२ बिकेट लिएका थिए ।

१०४ रन को लक्ष्य लिएर ब्याटिङमा उत्रेको दङगाली त्रिशुल २४ ओभरमा ६ विकेट गुमाउदै १०४ रन बनाउन सफल भए पछि ४ बिकेटले बिजयी भएको थियो । ब्याट्स म्यान सृजन गुरुङ ४५ बल खेल्दै १ छक्का ४ चौका प्रहार गरि ३९ रन नट अनउट रहे भने सम्भव श्रेष्ठ २५, सक्रिय कार्की १५ र सवाज खानले ११ रन बनाएका थिए ।

बलिङ तर्फ बिराटनगरका रोहन भट्टराई र उमंग बस्नेतले समान २/२ विकेट लिन सफल भएका थिए

जेष्ठ २८ गतेको खेल तालिका
जेष्ठ २७ गते पहिलो खेल — बिराटनगर लाईन्स र कैलाली डल्फीन
जेष्ठ २७ गते दास्रो खेल — काठमाण्डौ रोयल्स र दङगाली त्रिशुल