काठमाडौँलाई हराउँदै ललितपुर इपीएलको फाइनलमा

|
काठमाडौँलाई हराउँदै ललितपुर इपीएलको फाइनलमा

निकै नै प्रतिस्पर्धात्मक खेलमा काठमाडौं किंग्स ११ लाई १ विकेटले पराजित गर्दै ललितपुर प्याट्रियट्स काठमाडौँमा जारी टीभीएस एभरेष्ट प्रिमियर लिग (इपीएल) को फाइनलममा पुगेको छ । 

१०९ रनको जियी लक्ष्य पछ्याएको ललितपुरका लागि कुशल भुर्तेलले सर्वाधिक २९ रनको योगदान दिँदा योगेन्द्र सिंह कार्कीैले अविजित २८ रनको पारी खेलेका थिए । कोल्सावाला (७), गौरभ तोमार (१), ज्ञानेन्द्र (२१) तथा पवन शर्राफ (१९) आउट भएपछि कुशल भुर्तेलले मोर्चा सम्हालेका थिए । कुशल आउट भएपश्चात योगेन्द्र सिंह कार्कीले अन्तिम ओभरको अन्तिम चार बलमा २/२ रन लिएर ललितपुरलाई जित दिलाएका थिए ।

यसअघि विराटनगरका लागि कप्तान रोहन मुस्तफाले २० बलमा ३२ रन बनाएका थिए । यस्तै सागर पुनले २९ रनको योगदान दिँदा सिद्धान्त तोहनीले १६ रन बनाएका थिए । ललितपुरका लागि पवन शर्राफ तथा योगेन्द्र सिंह कार्कीले समान ३/३ विकेट लिएका थिए ।

यस जितसँगै ललितपुरले यस प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । काठमाडौँले भने फाइनलका लागि अब भैरहवा र चितवनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।