डीपीएल - रुपन्देहीलाई १ रनले हराउँदै महेन्द्रनगर क्वालिफायरमा प्रवेश

|
डीपीएल - रुपन्देहीलाई १ रनले हराउँदै महेन्द्रनगर क्वालिफायरमा प्रवेश

See Full Scorecard

रोमान्चक खेलमा रुपन्देही च्यालेन्जर्सलाई १ रनले पराजित गर्दै महेन्द्रनगर गुनाइटेड धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा सीवाइसी अत्तरियासँग पराजित भएको काठमाडौँ गोल्डेन्स र महेन्द्रनगर युनाइटेड बीच दोस्रो क्वालिफायरको खेल शुक्रबार हुनेछ ।

११६ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देहीलाई अन्तिम ओभरमा ५ रनको आवश्यकता थियो । अविनाश बोहोराले फालेको अन्तिम ओभरमा मात्र ३ रन बनेको थियो भने ३ विकेट झरेको थियो । रुपन्देहीबाट प्रदीप ऐरीले २० बलमा २८, बाबार हायतले २९ बलमा २८ र विनोद भण्डारीले २१ बलमा २३ रन बनाए । त्यस्तै सन्दीप सुनार १४ र सुमित महर्जन १० रनमा आउट भए ।

यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सलाई ११६ रनको लक्ष्य दिएको थियो । महेन्द्रनगरको तर्फबाट कप्तान शरद भेषावकरले सर्वाधिक २९ रन बनाए । यस्तै आनन्द सुब्रमनियन् २०, मोम्हद नाविद १८, आरिफ शेख ११, अमरसिंह राउटेला १९ र अविनाश बोहरा ११ रनमा आउट भए । ओपनर ब्याट्सम्यान दीलिप नाथ, सिद्धान्त लोहनी र साहब आलमले कुनै रन जोड्न सकेनन् ।

बलिङतर्फ रुपन्देहीका ललितसिंह भण्डारीले ४ ओभरमा २८ रन खर्चँदै ४ विकेट लिए । पुनित मेहेराले ३ तथा कप्तान बसन्त रेग्मीले २ मेडन राख्दै २ विकेट लिए ।