एनसीएलको विजेताले १० लाख पाउने

|
एनसीएलको विजेताले १० लाख पाउने

आगामी वैशाख दोस्रो सातादेखि शुरु हुन गइरहेको एनसीएल वुमन्स टी(ट्वान्टी क्रिकेट लिगको विजेता टोलीले १० लाख प्राप्त गर्ने भएको छ । यसका साथै उपविजेताले ५ लाख प्राप्त गर्नेछ जुन जानकारी आयोजक एनसीएल स्पोर्टस प्रालीले पत्रकार सम्मेलन मार्फत् दिएको हो ।

विराटनगरको बैजनाथ क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगितामा ४ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता वैशाख ७ देखि १४ सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको लागि खेलाडी छनोट भने अक्सनबाट गरिने जानकारी आयोजकले दिएको छ ।

सहभागी ४ टोली तथा मार्की खेलाडी :
विराटनगर रोअरिङ (करुणा भण्डारी)
काठमाडौं सुपर च्याम्पियन (नेरी थापा)
भैरहवा क्विन्स (रुबिना क्षेत्री)
धनगढी वन्डर वुमन (सिता राना मगर)