दोस्रो खेलमा नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

|
दोस्रो खेलमा नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

Image Source : Raman Shiwakoti

See Full Scorecard

मलेसियामा जारी आईसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

टस जितेर नेपालले मलेसियालाई पहिला ब्याटिङको निम्तो दिएको थियो । मलेसियाका लागि ड्यानियलले सर्वाधिक ३७ रनको पारी खेलेका थिए । नेपालको तर्फबाट कुशल मल्ल तथा पवन शर्राफले समान ३र३ विकेट लिए ।

जवाफी ब्याटिङमा नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । रित गौतम ३९ रनमा अविजित रहँदा आशिफ शेखले २६ रन बनाए । पवन शर्राफ १९ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल १ छक्काको मद्दतले ६ रनमा अवितिज रहे ।