रितको शतकमा नेपालको फराकिलो जित

|
रितको शतकमा नेपालको फराकिलो जित

Image Source : Asian Cricket Council (ACC)

सिंगापुर माथि २१७ रनको जित हात पार्दै नेपालले मलेसियामा जारी एसीसी अन्डर १९ पूर्वी क्षेत्र प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

आज भएको खेलमा नेपालले पहिलो ब्याटिंग गर्दै ३२६ रनको विशाल योगफल तयार पारेको थियो । ओपनर रित गौतम तथा पवन सर्राफले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाए । पवनले ४१ बलमा ४५ रन  बनाए जसमा १० चौका प्रहार गरे ।

पवनको विकेट पश्चात् रितले खडक बोहरासंग मिलेर पारीलाई अगाडि बढाए । रित त खडकले दोस्रो विकेटका लागि १३१ जोडे । शतक पूरा गर्ने क्रममा रितले १३७ बलमा ११५ रन बनाए । रितले १० चौका र १ छक्का प्रहार गरे । यस्तै खडकले ९० बलमा ९० रन बनाउंदा १२ चौका प्रहार गरे । नेपाली पारीको अन्त्यतिर आक्रामक ब्याटिंग  गर्दै कुशल मल्लले २३ बलमा ५१ रन बनाए ।

३२७ रनको विशाल लक्ष्य पछेयाएको सिंगापुर ३९.१ ओभरमा मात्र १०९ रनमा अलआउट हुन पुग्यो । सिंगापुरका लागि हरि कुक्रेजाले सर्वाधिक ३० रनको योगदान दिए । कन्नुसमी सतीशले २४ रन बनाउंदा चन्द्रमौली श्रीदेवले २३ रन बनाए ।

३२७ रनको विशाल लक्ष्य पछेयाएको सिंगापुर ३९.१ ओभरमा मात्र १०९ रनमा अलआउट हुन पुग्यो । सिंगापुरका लागि हरि कुक्रेजाले सर्वाधिक ३० रनको योगदान दिए । कन्नुसमी सतीशले २४ रन बनाउंदा चन्द्रमौली श्रीदेवले २३ रन बनाए ।

नेपालका लागि कुशल मल्ले ४ विकेट लिए भने तिलक राज भण्डारीले २ विकेट तथा रशिद खान र सागर ढकालले समान एक एक विकेट लिए ।

समूह ए को विजेता नेपालले अब समूह बी को उपविजेतासंग खेल्ने सेमिफाइनल खेल जुलाई ८ मा हुनेछ ।