यूएईविरुद्ध नेपालको फराकिलो जित

|
यूएईविरुद्ध नेपालको फराकिलो जित

See Full Scorecard

यूएई भ्रमण अन्तर्गतको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईविरुद्ध १४५ रनको जित दर्ता गराएको छ । नेपालको जित पश्चात ३ खेलको श्रृंखला ११ को बराबरीमा आएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका तर्फबाट युवा रोहित कुमार पौडेलले सर्वाधिक ५५ रनको योगदान दिए । ५८ बलको सामना गरेका रोहितले ७ चौका प्रहार गरे । यससँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । रोहितको अलावा ज्ञानेन्द्र मल्लले ४४ रन बनाउँदा आरिफ शेखले २९ रन बनाएका थिए । बलिङतर्फ यूएईका अमिर हायत र इमरान हैदरले ३/३ विकेट लिए। कप्तान मोहम्मद नाविद, जाहुर खान र अस्फाक अहमदले १/१ विकेट लिए ।

२४३ रनको विजयी लक्ष्य पछ्याएको यूएई १९.३ ओभरमा ९७ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ विकेट हात पारे । यससँगै सोमपाल नेपालबाट एकदिवसीयमा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।