नेपाल एसीसी इस्टर्नको फाइनलमा, सेमिफाइनलमा मलेसिया ७ विकेटले पराजित

|
नेपाल एसीसी इस्टर्नको फाइनलमा, सेमिफाइनलमा मलेसिया ७ विकेटले पराजित

Image Source : Asian Cricket Council

मलेसिया माथि ७ विकेटको जति हात पार्दै नेपालले मलेसयिामा जारी एसीसी अन्डर १९ पूर्वी क्षेत्र प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । 

मलेसियाको किनरारा मैदानमा भएको खेलमा टस जतिेर फल्डिङि गर्ने निर्णय लिएको नेपालले पहिलो इनिङमा मलेसियालाई ८७ रनमा समेटेको थियो । नेपालका लागि सागर ढकालले १६ खर्चेर ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिए । कमल सिंह ऐरी, रशिद खान तथा तिलक राज भण्डारीले समान एक एक विकेट हात पारे । मलेसियाको तर्फबाट मोहम्मद आमिरले सर्वाधिक २४ रन बनाए । यस्तै मोहम्मद खैरले १२ रन बनाउंदा अहमद अकमलले १० रन जोडे ।

८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेट गुमाउंदै जित हासिल गर्यो । नेपालको लागि रोहित कुमार पौडेलले अविजित ३१ रन बनाए भने भीम सार्की ३३ रनमा अविजित रहे । ओपनर पवन शर्राफले १६ बलमा १८ रन बनाए जसमा १ चौका र २ छक्का सामिल थियो ।

नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सिंगापुर माथि २१७ रनको जित दर्ता गरेको थियो । यु १९ इस्टर्न रिजन विजेता टोलीले अगस्ट २८ बाट श्रीलंकामा हुने एससिी यु १९ एसयिा कपमा सहभागीताको अवसर प्राप्त गर्नेछ ।