कसरी पुग्न सक्छ नेपाल विश्वकप २०२३ मा ???

|
कसरी पुग्न सक्छ नेपाल विश्वकप २०२३ मा ???

सन् २०२३ को क्रिकेट विश्वकपको छनोट प्रक्रियाको शुरुवात नेपालले आफ्नै घरेलु मैदानमा अमेरिका तथा ओमासँग त्रिकोणात्मक सिरिज बाट गर्ने भएको छ । नामिबिया, स्कटल्याण्ड, पपुवा न्यु गिनी, युएई, अमेरिका र ओमान तथा नेपाल सहित कूल ७ टोली  डिभिजन २ मा रहेका छन् ।

विश्वकप २०२३ को लागि नेपालको बाटो

डिभिजन २ मा रहेका ७ टोली मध्ये शीर्ष ३ टोलीले २०२२ मा सञ्चालन हुने छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । अन्य ४ टोलीले भने विश्वकप छनौट प्ले-अफ खेल्नेछन् जसबाट शर्षि २ टोलीले छनोट प्रतियोगितामा अवसर प्राप्त गर्नेछन् ।

आइसिसीका अनुसार एक सिरिजमा ६ एकदिवसीय सञ्चालन गरिनेछ जसमा प्रत्येक टोलीले १/१ खेल खेल्नेछन् । सबै टोलीले २०१९ देखि २०२१ को अन्तरालमा ३६/३६ वटा खेल खेल्नेछन् । यी सबै खेलले अन्तर्राष्ट्रिय मान्यता पनि पाउनेछन् ।

डिभिजन २ अन्तर्गतको पहिलो त्रिकोणीय सिरिज स्कटल्यान्ड, ओमान तथा पिएनजीबीच १४ अगस्टमा स्कटल्यान्डमा शुरु हुनेछ । 

यो पनि पढ्नुहोस् : 

जेठ पहिलो साताबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट शुरु हुने

नेपाली क्रिकेट र तनहुं जिल्ला क्रिकेटको वर्तमान अवस्था

डिभिजन २ अन्तर्गत नेपालले खेल्ने सिरिजहरु

नेपाल, अमेरिका र ओमान
स्थान : नेपाल

नेपाल,नामिबिया स्कटल्यान्ड
स्थान : नामिबिया

पिएनजी, युएई, नेपाल
स्थान : पिएनजी

स्कटल्यान्ड, नेपाल र नामिबिया
स्थान : तय हुन बाँकी

नेपाल, अमेरिका र ओमान
स्थान : तय हुन बाँकी

नेपाल, युएई र पिएनजी
स्थान : तय हुन बाँकी

अमेरिका, नेपाल र ओमान
स्थान : तय हुन बाँकी

नेपाल, नामिबिया र स्कटल्यान्ड
स्थान : तय हुन बाँकी

युएई, पिएनजी र नेपाल
स्थान : तय हुन बाँकी