नेपाललाई एसिसी यु१६ इस्टर्न रिजनको उपाधि, फाइनलमा मलेसिया पराजित

|
नेपाललाई एसिसी यु१६ इस्टर्न रिजनको उपाधि, फाइनलमा मलेसिया पराजित

तस्वीर सौजन्य : सुदीप शर्मा (म्यानेजर)

एसिसी यु१६ इस्टर्न रिजन फाइनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जितेको छ । कूल ८ टोलीको सहभागिता रहेको यस प्रतियोसगितामा नेपालसहित मलेसिया, थाइल्याण्ड, सिंगापुर, म्यानमार, चीन, हङकङ र भुटानको सहभागिता रहेको थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउदै १४० रनको योगफल तयार गरेको थियो । नेपालका लागि प्रशान्त महतले ४० रनको योगदान दिँदा दिपक बोहराले २३ रन बनाए । विशाल बिक्रम केसीले १७ रन बनाए भने निखिल कुमार सिंहले १३ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रेको मलेसिया ३४.५ ओभरमा ८१ रनमा समेटिको थियो । मलेसियाको तर्फबाट मोहम्मद एइमनले १८ रन तथा मुहम्मद आजमले १६ रन बनाउाँ जिनेन्द्र मुरैलीले १४ रन बनाए ।

बलिङमा नेपालका लागि विशालकुमार पटेलले ४ तथा दीपक बोहोराले ३ विकेट लिए ।