पारसको शतकमा नेपाललाई पहिलो एकदिवसीय श्रृंखला

|
पारसको शतकमा नेपाललाई पहिलो एकदिवसीय श्रृंखला

Image: Emirates Cricket

See Full Scorecard 

कप्तान पारस खड्काले नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शतक प्रहार गरेपछि तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै श्रृंखला २-१ ले कब्जा गरेको छ । २५५ रनको विजयी लक्ष्य पछ्याएको नेपालका लागि कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको लागि पहिलो शतक प्रहार गरेपछि नेपालले ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो  ।

पारसले ऐतिहासिक उपलब्धि हासिल गर्ने क्रममा १३ चौका र १ छक्का प्रहार गरेका थिए। पारसको अलावा नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाउँदा सोमपाल कामी ले अविजित ३६ रन बनाएका थिए । आरिफ शेख २१ रनमा नटआउट रहँदा सन्दीप जोराले १९ रन बनाएका थिए ।

टस हारेर पहिला ब्याटिंगमा आएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटमा २५४ रनको योगफल तया गरेको थियो। यूएईका लागि शाइमन अनवरले ८६ रन बनाउँदा सीपी रिजवानले ४५ बनाएका थिए । अन्तिम ओभरतिर मोहम्मद बुताले आक्रामक ब्याटिंग गर्दै अर्धशतक जोडेका थिए ।

एकदिवसीय मान्यता पाएपछि दोस्रो सीरिज खेलेको नेपालको यो पहिलो सिरिज विजय हो । यसअघि नेपालले नेदरल्याण्डसंगको दुई खेलको सिरिज १–१ को बराबरीमा टुंग्याएको थियो ।

 

Match Summary:

Nepal 255 for 6 (Paras Khadka 115, Haider 2-50)

beat

UAE 254/6 (Anwar 87, Boota 59, Paras Khadka 2-44)

by 4 wickets