युएई विरुद्ध टि२० श्रृंखलामा नेपाल २-१ ले विजयी

|
युएई विरुद्ध टि२० श्रृंखलामा नेपाल २-१ ले विजयी

See Full Scorecard

युएईलाई तेस्रो तथा अन्तिम खेलमा १४ रनले पराजित गर्दै नेपालले टि२० श्रृंखला २-१ ले आफ्नो पक्षमा पारेको छ । यसअघि एकदिवसीय श्रृंखला पनि नेपालले जितेको थियो ।

नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको युएइले ९० रन मात्र बनयो । आक्रमक सुरूवात गरेको युएईका लागि साइमन अनवारले ३० रन बनाउँदा गुलाम सब्बेरले २५ रन जोडे । नेपालका लागि करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २-२ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए।

ब्याटिंगतर्फ पारसले १४ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्बाधिक २९ रन बनाए । सन्दीप जोरा र विनोद भण्डारीले पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक योगफल बनाएको थियो ।

 

Match Summary:

Nepal 104 for 8 (Khadka 29, Jora 28, Naveed 2-6)

beat

UAE 90 for 8 (Shaiman 30, Shabber 25, Karan 2-13)

by 14 runs