राष्ट्रिय क्रिकेट खेलाडीले वर्गीकरण अनुसारको तलब पाउने

|
राष्ट्रिय क्रिकेट खेलाडीले वर्गीकरण अनुसारको तलब पाउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले विगत २ वषदेखिको तलब पाउने भएका छन् । राष्ट्रिय खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गर्दै आइसीसीले राखेपमार्फत दुई वर्षको तलब वितरण गर्ने भएको हो ।

आइसीसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।

‘ए’ श्रेणीका खेलाडीले पछिल्लो दुई वर्षको एकमुष्ट आठ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले छ लाख र ‘सी’ श्रेणीका खेलाडीले तीन लाख ६० हजार प्राप्त गर्नेछन् ।

नयाँ वर्गीकरण

'A' श्रेणी
पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
वसन्त रेग्मी
सन्दीप लामिछाने
दिपेन्द्र सिंह ऐरी

 

'B' श्रेणी
आरिफ शेख
करण केसी
ललित भण्डारी
अनिल कुमार शाह
रोहित पौडेल
ललित राजवंशी
शक्ति गौचन

 

'C' श्रेणी
सुबास खकुरेल
सागर पुन
दिलिप नाथ
सुनिल धमला
सुसन भारी
किसोर महतो
बिनोद भन्डारी