नेक्सस काे बिजयी शुरूवात

|
नेक्सस काे बिजयी शुरूवात

काठमाडौं

नेक्सस क्रिकेट एकेडेमी पेप्सीकाेला र मलपाेखरी क्रिकेट क्लब बीच आज साेमबार बाट काठमाडौं काे मलपाेखरीमा शुरू भएकाे एक दिबसीय क्रिकेट सिरिज काे पहिलाे खेल नेक्सस क्रिकेट एकेडेमी ४ वीकेटले बिजयी भएकाे छ ।

टस जितेर ब्याटिङ राेजेकाे मलपाेखरी क्रिकेट क्लब ले निर्धारित ५० ओभरमा ३४ ओभर खेल्दै १० विकेट काे क्षेतीमा १६२ रन बनाएकाे थियाे । मलपाेखरीका ब्याट्सम्यान सुजन भट्ट ४८,अनिल लामिछाने २३ र रनबीर यादबले २० रन बनाएका थिए । बलिङतर्फ नेक्सस का बिकाश रायमाझी ले ५ ओभर बलिङ गर्दै १३ रन खर्चेर ५ विकेट लिएका थिए भने मन्जील २ र पप्पु यादव,प्रदिप सुनुवार र अर्जुन गिरीले समान १/१ विकेट लिएका थिए ।

१६३ रन काे बिजयी लक्ष्य लिएर मैदानमा उत्रेकाे नेक्सस का बिपिन शाहीले ५५, अर्जुन गिरीले ३८ र अाेम प्रकाश साहले २४ रन काे पारी खेल्दा ६ विकेटकाे ब्यहाेर्दै २४ ओभर मै विजयी भएकाे थियाे । बलिङतर्फ मलपाेखरीका बादशाह चन्द,साेहन यादव र मनसुन सिंह ले समान २/२ विकेट लिएका थिए ।

बिपिन बिक्रम शाही

बिपिन बिक्रम शाही

 

बिकास रायमाझी

बिकास रायमाझी