अण्डर १९ टोलीका लागि खुल्ला स्पर्धाबाट खेलाडी छनौट गरिने

|
अण्डर १९ टोलीका लागि खुल्ला स्पर्धाबाट खेलाडी छनौट गरिने

भारतमा हुने एक दिवसीय क्रिकेट प्रतियोगिता, एशिया कप र विश्वकप छनोटका लागि खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरी अन्डर १९ टोली घोषणा गरिने भएको छ । आगामी सोमबारदेखी बुधवारसम्म ३ दिन काठमाण्डौमा खेलाडी छनोट गरिने अन्डर १९ टोलीका मुख्य प्रशिक्षक विनोद दासले बताएका छन् । 


७ प्रदेशका २१ जना र अन्डर १६ का गरि पहिलो चरणमा ४४ जना खेलाडी छनोट गरिनेछ । पहिलो चरणमा छनोट भएका खेलाडीबाट १२ जना र यु–१९ का ७ जना गरी १९ सदस्यीय प्रारम्भिक खेलाडी छनोट गरिनेछ ।


राजधानीमा पत्रकार सम्मेलन गर्दै सबैलाई अवसर दिन खुला स्पर्धाका आधारमा खेलाडी छनोट गर्न लागिएको दासले बताए । विभिन्न चरण पार गरेका खेलाडीबाट अन्तिम टोलीको घोषणा गरिने प्रशिक्षक दासले जानकारी दिए । अभ्यास खेल भदौ तेस्रो साताबाट सुरु हुनेछ ।