नेक्ससको आयोजनामा काठमाडौँमा चैत ७ देखि +2 क्रिकेट हुँदै

|
नेक्ससको आयोजनामा काठमाडौँमा चैत ७ देखि +2 क्रिकेट हुँदै

जब सम्म स्कुल, कलेज स्तरको क्रिकेटलाई प्रोत्साहान गरिदैन तब सम्म नेपाली क्रिकेटको जग बलियो हुनै सक्तैन भन्ने सत्यलाई आत्मसाथ गर्दै स्थापनाकाल देखी ग्रासरुट क्रिकेट बिकासमा योगदान दिने प्रयत्न गर्दै आएको नेक्सस क्रिकेट एकेडेमी ले २०७५ साल चैत्र ७ गते देखी २० गते सम्म काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन हुने Ausstudies +2 Cricket League को सम्पुर्ण तयारी सम्पन्न भएको जानकारी गराएको छ ।

अस स्टडीज एजुकेशन कन्सल्टेन्सीको मुख्यप्रायोजन तथा निम्स इन्स्टीच्युटको सहप्रायोजनमा सम्पन्न हुने उक्त प्रतियोगितामा देशभरका १६ टिमका २२४ खेलाडीहरु सहभागी हुनेछन् ।

उक्त प्रतियोगितामा ब्रम्हास्मी कलेज शान्तिनगर, भि.एस.निकेतन तिनकुने, ट्रिटन कलेज तिनकुने, हिमालयन हवाइट हाउस उच्च मा.बि. तिनकुने, गोल्डेन गेट कलेज पुरानो बानेश्वर, निस्ट कलेज भैसेपाटी, युनिग्लोव कलेज कमलादी, ब्लुबर्ड कलेज कुमारीपाटी, ट्रिनेटी कलेज डिल्लीबजार, मोर्गन कलेज बसुनधारा, एन्जलहर्ट कलेज मनमैजु, ओमेगा कलेज कुमारीपाटी,नेक्सस उच्च मा.बि.पुरानो सिनामंगल, बेलोअर कलेज काभ्रे र श्री जुद्ध उच्च मा.बि. रौतहट रहेका छन ।उक्त प्रतियोगिता लिग तथा नकआउटको आधारमा संचालन हुनेछ । 

Certified अम्पायरहरुले ICC द्धारा निर्धारीत नियम अनुसार खेलहरु संचालन गर्नेछन् । प्रतियोगितामा चार पुल वनाई हरेक पुलमा ४ टिमहरु हुने र हरेक टिमले लिग चरणमा ३÷३ खेलहरु खेल्नेछन् ।

करीव २५ लाख लागतमा सम्पन्न हुने यस प्रतियोगिताको उदघाटन कार्यक्रम तथा उदघाटन खेलको टिभी टुडे टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिनेछ । बिजेता टिमले नगद रु एक लाख र उपबिजेताले ७५ हजार नगद पुरस्कार, ट्रफी तथा मेडलहरु प्रदान गरिनेछ । हरेक म्याचमा म्यान अफ द म्याच, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र म्यान अफ द सिरिज लाई ट्रफी प्रदान गरिनेछ ।

पोल ए मा ब्रम्हास्मी कलेज, भिएस निकेतन, युनिग्लोव कलेज र बेलोअर कलेज रहेका छन भने पोल बि मा ह्वाइट हाउस कलेज, गोल्डेन गेट कलेज,श्री जुद्ध उच्च मा. बि. र मोर्गन कलेज छन । त्यस्तै पोल सि मा एन्जल हट कलेज, ग्ल्यासियर कलेज, ट्रिटन कलेज र ट्रिनिटी कलेज छन भने पोल डी मा निस्ट कलेज, ओमेगा कलेज, नेक्सस उच्च मा.बि. र ब्लुबर्ड कलेज रहेका छन ।