पीएम कप : प्रदेश १ र एपीएफ विजयी

|
पीएम कप : प्रदेश १ र एपीएफ विजयी

काठमाडौंमा जारी पीएम कप अन्तर्गत आज भएका खेलमा एपीएफ तथा प्रदेश १ ले जित दर्ता गरेका छन् ।

मुलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको एपीएफले गण्डकीलाई १२५ रनमा समेटेको थियो । गण्डकीका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन बनाउंदा विपीन खत्रीले १७ रनको योगदान दिए । एपीएफका लागि भुवन कार्कीले ३ विकेट लिए भने शरद भेषवाकर, अमरसिंह राउटेला तथा यज्ञमान कुमालले २/२ विकेट लिए ।

Province 1 vs Karnali Province - Full Scorecard

Gandaki Province vs Armed Police Force - Full Scorecard

१२६ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २३ ओभरमा ४ विकेट गुमाउंदै जित हासिल गर्न सफल भयो । प्रदीप ऐरीले ३३ रन बनाए भने आसिफ शेखले २० रन बनाए ।

यस जितसंगै एपीएफले ३ खेलबाट ६ अंक बटुलेको छ र सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

आजै कीर्तिपुर मैदानमा भएको अर्को खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १८१ रनले पराजित गर्दै जारी प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ ।

पहिलो ब्याटिङ गर्दै प्रदेश १ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउंदै २२८ रनको योगफल तयार पारेको थियो । सिद्धान्त लोहनीले ६३ रनको पारी खेल्दा फिरदोश अन्सारीले ४५ रन बनाए । कप्तान पुष्प थापाले २९ रन बनाए । दोस्रो इनिङमा कर्णाली मात्र ४७ रनमा समेटिन पुग्यो ।

निश्चल रावलले सर्वाधिक १७ रन बनाए भने कप्तान पुष्प थापाले ९ ओभर बलिङ गर्दै १९ रन दिएर ६ विकेट लिए ।