विविध असन्तुष्टिका बीच पीएम कपको उपाधि पुलिसलाई

|
विविध असन्तुष्टिका बीच पीएम कपको उपाधि पुलिसलाई

शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले राजधानीमा जारी पीएम कपको उपाधि उचालेको छ ।

टयिु क्रकिेट मैदानमा टस जतिेर पहलिा ब्याटङि रोजेको आर्मीले ३३।३ ओभरमा मात्र १२५ रनको योगफल तयार पारेको थियो । निकै उत्कृष्ट शुरुवात गरेको आर्मीका लागि ओपनर राजु रिजल तथा सोमपाल कामीले पहिलो विकेटका लागि १५।५ ओभरमा ७२ रनको साझेदारी गरेका थिए ।

सोमपालको विकेट पतन पश्चात् आर्मीले निरन्तर विकेट गुमाउंदै गयो र अन्ततः १२५ रनमा समेटिन पुग्यो । सोमपालले ३५ रन बनाउन ४० बल खेले जसमा ३ चौका र २ छक्का पनि सामेल थियो । यस्तै राजु रिजालले ३२ रन बनाए भने रोहित कुमार पौडेलले १८ रनको योगदान दिए ।

१ सय २६ रनको लक्ष्य पछ्याएको पुलिसले ४०।३ ओभरमा ६ विकेट गुमाउंदै जित हासिल गर्यो । पुलिसका लागि ओपनर सुनिल धमलाले १३१ बलमा २ चौकाको सहयोगमा ४२ रन जोड्दै नटआउट रहे । अर्का ओपनर अमित श्रेष्ठले ४० बलमा ४४ रनको पारी खेले ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान : राजु रिजाल
प्रतियोगितकाको उत्कृष्ट बलर : ललित नारायण राजवंशी
म्यान अफ द सिरिज : ललित नारायण राजवंशी

विवादास्पद पीएम कप

शनिबार फाइनल खेल पश्चात् गरिएको समापन समारोहमा म्यान अफ द सिरिज ललति नारायण राजवंशीलाई घोषणा अनुसार मोटरसाईकल दिनुपर्ने थियो । तर राजवंशीलाई ५० हजार रुपैयाँ मात्र दिइयो । उत्कृष्ट ब्याट्सम्यान राजु रजिाल र उत्कृष्ट बलर ललतिलाई ५० हजार घोषणा भएकोमा मात्र ३० हजार व्यवस्था गरियो ।

मूलपानी मैदानमा उद्घाटन हुने भनिए तापनि अन्तिम समयमा टीयु मैदानमै गरियो । खेल खेल्न योग्य मैदान नहुंदा पनि मूलपानी मैदानमा म्याट बिछ्याएर खेल सञ्चालन गरियो । नेपाली राष्ट्रिय टोलीको छनोट समेत यही प्रतियोगिताबाट गरिने अवस्थामा म्याटमा गरेको प्रदर्शनलाई कसरी आधार मान्ने भन्ने अन्योल पनि यसले सिर्जना गरेको छ ।