पोखरा प्रिमियर लिगको अक्सन आईतबार

|
पोखरा प्रिमियर लिगको अक्सन आईतबार

फोटो सौजन्य: पोखरा प्रिमियर लिग

यहि कार्तिक ९ गते बाट क्विन्स् इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) को लागि भोली आईतबार क्रिकेटरको लिलामी हुने भएको छ। देशकै सुन्दर नगरी पोखरामा हुने उक्त प्रतियोगितामा ६ फ्रेन्चाईजी टिम रहेका छन्। आयोजकले यस अघि नै एक कार्यक्रमका बीच टिम र टिमका मार्की प्लेयर भने तय गरिसकेका छन्। आयोजकले खेलाडी दर्ताका लागि खुलाएको अन्तिम दिन सम्म, अक्सनका लागि १७९ खेलाडीले नाम दर्ता गराएका छन् जसबाट आइतबार ६० जना खेलाडीको किनबेच हुनेछ । क्याप्डमा ३० जना, क्याप्ड अन्तर्गतको उमेर समुहमा ५७ जना र अनक्याप्डमा ७९ जना खेलाडीले पिपियलको आधिकारिक वेभसाईटमा नाम दर्ता गराएका थिए ।

यसअघि आयोजकले क्याप्ड रहेका खेलाडीको अक्सनमा प्रारम्भीक मूल्य ५० हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँ राखेको छ । यस्तै क्याप्ड उमेर समूूहका खेलाडीलाई ५० हजार देखि १ लाख ५० हजार रुपैयामा खरिद गर्न सकिनेछ भने अनक्याप्डमा रहेका खेलाडीको न्यूनतम मूल्य ३० हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्म रहने छ ।

यो पनि पढ्नुहोस:

यी हुन् छ टिम र मार्की खेलाडी