जेठ पहिलो साताबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट शुरु हुने

|
जेठ पहिलो साताबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट शुरु हुने

आगामी जेष्ठ १ गतेदेखि २४ गतेसम्म प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेशनलले संयुक्त पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।

कुल १० टोलीको सहभागिता रहने सो प्रतियोगितामा ३ विभागीय तथा ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले २० लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १ करोड ७५ लाख बजेट रहेको यस प्रतियोगितामा एक हातले क्याच समात्ने दर्शकको लागि पनि ५० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । राष्ट्रिय खेलकुद परिषदले कुल खर्चमध्ये ८० लाख उपलब्ध गरानेछ भने बाँकी रकम नेपालयले जुटाउनेछ ।