पीएम कप : प्रदेश नं ३ र एपीएफ विजयी

|
पीएम कप : प्रदेश नं ३ र एपीएफ विजयी

Province 3 vs Province 5 - Full Scorecard

Armed Police Force (APF) vs Sudurparschim - Full Scorecard

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता अन्तर्गत आज सोमबार भएका खेलमा प्रदेश नं ३ तथा एपीएफले जित दर्ता गरेका छन् । प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो भने पहिलो खेल हारेको प्रदेश नं ३ को पहिलो जित हो ।

आफ्नो पहिलो खेलमा एपीएफसंग ४१ रनले पराजित भएको प्रदेश नं ३ ले आज भएको खेलमा प्रदेश ५ लाई ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिले बलिङ गरेको प्रदेश ३ ले प्रदेश ५ लाई १२२ रनमा समेटेको थियो । प्रदेश ३ का लागि कप्तान पारस खड्काले १० ओभर बलिङ गर्दै २४ रन खर्चदैं ४ विकेट लिए । यसैगरी सूर्य तामाङले ३ विकेट लिंदा नन्दन यादवले २ विकेट हात पारे ।

१२३ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश ३ ले २१.५ ओभरमा ४ विकेट गुमाउंदै जित हात पार्न सफल भयो । ओपनर रित गौतमले २९ बलमा ३७ रनको पारी खेले भने अर्का ओपनर रबिन जोशीले ३५ रन बनाए ।

आजै भएको अर्को खेलमा एपीएफले प्रतियोगितामा लगातार दोस्रो जित हात पार्ने क्रममा सुदूरपश्चिमलाई ३ विकेटले पराजित गर्यो । खेलमा पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले ३७.१ ओभरमा मात्र १२५ रन जोड्न सक्यो । सुदूरपश्चिमका लागि लोकेस बमले सर्वाधिक ३० रन बनाए भने बिपीन रावलले २१ रनको योगदान दिए ।

एपीएफका लागि अविनाश बोहोराले २ विकेट लिंदा पृथु बास्कोटा, शरद भेषवाकर तथा भुवन कार्कीले १/१ विकेट हात पारे ।