ज्ञानेन्द्र मल्लको शतकका बाबजुद प्रदेश नं ३ एपीएफसंग पराजित

|
ज्ञानेन्द्र मल्लको शतकका बाबजुद प्रदेश नं ३ एपीएफसंग पराजित

See Full Scorecard

काठमाडौंमा जारी पीएम कपको दोस्रो दिन भएको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले शतक बनाए पनि प्रदेश नं ३ लाई एपीएफले ४१ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटीङको निर्णय गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउंदै २८८ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ९४ रनको योगदान दिए भने पृथु बास्कोटाले ५९ रन बनाए । त्यस्तै प्रदीप ऐरीले ४० रन बनाउंदा अमर सिंह राउटेलाले १८ बलमा २७ रनको पारी खेले ।

प्रदेश ३ का लागि जितेन्द्र सिंह ठकुरी तथा नन्दन यादवले ३/३ विकेट लिंदा पारस खड्का र सूर्य तामाङले १/१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको प्रदेश ३ ले पूरै ५० ओभर खेल्दै मात्र २४७ रन बनायो । एपीएफका लागि कमल सिंह ऐरीले ३ विकेट लिए भने अविनाश बोहोराले २ विकेट लिए । ज्ञानेन्द्र मल्ले १११ बलको सामना गर्दै ११७ रन बनाए भने कप्तान पारस खड्काले ४५ बलमा ४६ रन बनाए ।