सीपीएल ड्राफ्ट : सन्दीप बार्बाडोसबाट खेल्ने

|
सीपीएल ड्राफ्ट : सन्दीप बार्बाडोसबाट खेल्ने

आगामी क्यारेबियन प्रिमीयर लिगका लागि सन्दीप लामिछाने बार्बाडोस ट्राइडेन्ट्समा आबद्ध भएका छन् । सीपीएल संगै सन्दीपले आइपीएल, बीग ब्यास, अफघानिस्तान प्रिमीयर लिग, ग्लोबल टी २० लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमीयर लिग लगायतका विश्वका धेरै टी२० प्रतियोगितामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् ।

हालसालै मात्र भारतमा इन्डियन प्रिमीयर लिगमा सहभागी भएका सन्दीपले यसभन्दा अघिल्लो संस्करणमा पनि सीपीएलमा राम्रो प्रदर्शन गरेका थिए ।

विश्वभरिबाट ५३६ खेलाडीको नाम दर्ता भएको उक्त ड्राफ्टमा नेपालबाट सन्दीप लामिछाने, रोहित कुमार पौडेल, सोमपाल कामी तथा दीपेन्द्र सिंह ऐरी समावेश छन् । सन्दीप बार्बाडोसमा आबद्ध भए पनि अन्य ३ नेपाली खेलाडी सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी तथा रोहित पौडेललाई भने अहिलेसम्म कुनै टोलीले समावेश गरिसकेको छैन ।

यसअघिको सिजनमा सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सबाट खेल्दै क्यारेबियन प्रिमियर लिगमा सहभागी हुने पहिलो नेपाली क्रिकेटर बनेका थिए । सन्दीपले सो प्रतियोगितामा ५ खेलबाट ७ विकेट हात पारेका थिए ।