सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन : दुई विकेट लिन सफल

|
सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन : दुई विकेट लिन सफल

See Full Scorecard Here

क्यारेबियन प्रिमियर लिगमा नेपाली क्रिकेटर सन्दिप लामिछानेले उत्कृष्ट डेब्यू गर्दै दुई विकेट लिन सफल भएका छन्  । गुएना अमेजन वारियर्सविरुद्ध सन्दिपले आफ्नो निर्धारित ४ ओभरको स्पेलमा मात्रै १२ रन दिँदै २ विकेट लिएका छन् । 

सन्दीपको प्रदर्शनका बाबजुद उनको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स भने खेलमा पराजित भएको छ । वेष्ट इण्डिजका यू–१९ टोलीका सिम्रन हेटमेयरले ७९ रनको सानदार अविजित पारी खेल्दै आफ्नो टोलीलाई ६ विकेटको जित दिलाएका हुन् ।

निकै किफायती बलिङ गरेका सन्दिपको ४ ओभरको कोटामा १३ बटा डट बल सामिल थियो ।