सन्दीप आइपीएलमा दिल्ली डेयरडेभिल्सबाट नभई दिल्ली क्यापिटल्सबाट खेल्ने

|
सन्दीप आइपीएलमा दिल्ली डेयरडेभिल्सबाट नभई दिल्ली क्यापिटल्सबाट खेल्ने

युवा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध रहेको इन्डियन प्रिमीयर लिग (आइपीएल) को टोली दिल्ली डेयरडेभिल्सले आफ्नो नाम परिवर्तन गरेको छ । यस नाम परिवर्तनसँगै सन्दीप दिल्ली डेयरडेभिल्सबाट नभई दिल्ली क्यापिटल्सबाट आइपीएलमा सहभागी हुने भएका हुन् ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै टोलीको नाम दिल्ली क्यापिटल्स कायम गरिएको जानकारी दिइएको हो । युवा खेलाडी श्रेयस अयरलाई कप्तानीको जिम्मा सुम्पिएको जानकारी पनि सोही कार्यक्रमार्फत् दिइएको छ ।

दिल्ली त्यही टीम हो जहाँबाट खेल्दै नेपाली युवा खेलाडी सन्दीप लामिछाने आइपीएल खेल्ने पहिलो नेपाली बन्न सफल भएका थिए । आगामी सिजनमा पनि सन्दीप दिल्ली क्यापिटल्सबाट सहभागी हुने पक्का भइसकेको छ ।