टी 20 विश्वकप छनोट एसिया फाइनलको तालिका

|
टी 20 विश्वकप छनोट एसिया फाइनलको तालिका

अस्ट्रेलियामा आयोजना हुन गइरहेको टि–२० विश्वकप २०२० को दोश्रो खुड्किलोको रुपमा रहेको आइसीसी टि–२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता जुलाइ २२ देखि २८ सम्म सिंगापुरमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा सबै टिमले एकअर्का विरुद्ध राउण्ड रोबिन विधिअनुसार १–१ खेल खेल्नेछन् जसबाट अंकतालिकामा विजेता टिम छनोट हुनेछ । नेपालले गत वर्ष अक्टोबरमा मलेसियामा सम्पन्न टि–२० विश्वकप छनोट (एसिया पूर्वी) प्रतियोगिताको उपाधि जित्दै एसिया फाइनलमा पुगेको हो ।

खेल तालिका 

२२ जुलाई
सिंगापुर विरुद्ध कतार
कुवेत विरुद्ध मलेसिया

२३ जुलाई
कतार विरुद्ध नेपाल 
सिंगापुर विरुद्ध कुवेत

२४ जुलाई
नेपाल विरुद्ध मलेसिया

२६ जुलाई
कतार विरुद्ध कुवेत
सिंगापुर विरुद्ध मलेसिया

२७ जुलाई
कुवेत विरुद्ध नेपाल
मलेसिया विरुद्ध कतार

२८ जुलाई
सिंगापुर विरुद्ध नेपाल