नेपाली क्रिकेट टिमको प्रशिक्षकमा उमेश पटवाल

|
नेपाली क्रिकेट टिमको प्रशिक्षकमा उमेश पटवाल

भारत मुम्बईका उमेश पटवाललाई नेपाली राष्टिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरिएको छ ।

एक वर्षको लागि नेपाली क्रिकेट टोलीको जिम्मा पाएका पटवालले मासिक सात हजार अमेरीकी डलर पाउने भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक समारोहका बीच पटवाललाई प्रशिक्षकको नियुक्ति दिइएको घोषणा गरिएको हो । पटवाललाई यस रकम अन्तर्राष्ट्रिय क्रिकेट परिषदले उपलब्ध गराउने छ।

श्रीलंकाका पुबुदु दसानायकेले २०१५ मा नेपाली टोलीको प्रशिक्षक पद छोडेपछि नेपाली टोलीले अहिले प्रशिक्षक पाएको छ । दसानायकेको बहिर्गमन पश्चात् जगत टमाटाले नेपाली टोलीको प्रशिक्षण हेरिरहेका थिए ।

पटवालले यसअघि अफघानिस्तानको ब्याटिंग प्रशिक्षकको रुपमा काम गरिसकेका छन् भने नेपाली टोलीको ब्याटिंग कन्सलटेन्टको रुपमा पनि नेपाली क्रिकेटसंग जोडिएका थिए । यसका साथै पटवालले पोखरा प्रिमीयर लिगको पहिलो संस्करणमा प्रतियोगिता डाइरेक्टरको रुपमा संलग्न भएका थिए ।