नेक्सस कप : युनाइटेड र सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर फाइनलमा

|
नेक्सस कप : युनाइटेड र सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर फाइनलमा

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको आज सम्पन्न सेमिफइनल खेलहरुमा चितवन क्रिकेट एकेडेमीलाई युनाइटेड क्रिकेट एकेडेमी बिरगंजले ६ विकेट र नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौ लाई सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगरले ७ विकेटले पराजित गर्दै फाइनल पुगेका छन ।

मुलपानी क्रिकेट मैदानमा बिहिबार सम्पन्न पहिलो खोलमा टस जितेर ब्याटिङमा उत्रेको चितवन क्रिकेट एकेडेमीले २० ओभरमा ९ विकेको नोक्सानीमा १२१ रन बनाएको थियो । चितवनका राम कार्कीले ३०, बिकल गुप्ताले २७ रन बनाएका थिए ।

बलिङ तर्फ बिरगंजका ब्यास यादव, अभय सिह, निखिल सिह,सम्साद अलि र इम्ररान शेखले समान १÷१ बिकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको बिरगंजले १७.२ ओभरखेल्दै ४ वीकेटको क्षेती ब्यहोदै १२५ रन बनाएर सजिलै लक्ष्य भेट्टाएको थियो । बिरगंजका म्यान अफ दि म्याच घोषित सैफ अलिले ९ चौका प्रहार गर्दै ४७ रन बनाएका थिए ।

बलिङ तर्फ चितवनका आयुष लम्सालले मत्रै २ विकेट लिएका थिए ।

दोस्रो खेल महेन्द्रनगर ७ विकेटले बिजयी

बिहिबारको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रेको नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौले निधारित २० ओभरमा १७ ओभर खेल्दै १० विकेट गुमाउदा ९४ रनमै समेटिएको थियो ।ओप्रकास शाहले १८ र क्रिस कार्कीले १२ रन बनाउदा अन्य ब्याट्सम्यान हरुले दोहोरो अंक बनाउन सकेनन् ।

महेन्द्रनगरका का म्यान अफ दि म्याच घोषित बलर राहुल भण्डारीले २ ओभर २२ रन ४ विकेट, प्रेम धामीले ४ ओभर १६ रन ३ विकेट लिन सफल भएका थिए ।  जवाफी ब्याटिङमा उत्रेको महेन्द्रनगरले १३.१ ओभरमै ३ विकेटको नोक्सानीमा ९५ रन बनाउदै नेक्सस लाई पराजीत गरेको को छ । ब्याट्सम्यान सुबोध ऐरले ४१ र अनुप चन्दले १९ रन बनाएका थिए ।

बलिङ तर्फ नेक्ससका आषिश सुनुवार ले २ र ओम प्रकाश शाहले १ विकेट लि एका थिए । शुक्रबार मिलानो नेक्सस कप सिजन २ को फाईनलखेल बिरगंजर महेन्द्रनगरका बीच मुलपानी मा सम्पन्न हुनेछ । बिजेताले१लाख ११ हजार १ सय १ रुपैया बराबरको खेल सामाग्री, ट्रफी, मेडल पाप्त गर्ने छन भने उप बिजेताले ६१ हजार १ सय १ रुपैया बराबरको खेल सामाग्री, ट्रफी, मेडल पाप्त गर्ने छन ।

महेन्द्रनगर नेक्सस कपको पहिलो संस्करणको बिजेता टिम हो ।