सन्दीप, युएस भिसा र त्यो ट्वीट

|
सन्दीप, युएस भिसा र त्यो ट्वीट

गत मंगलबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको अमेरिकाको भिसा स्वीकृत नभएको खबरले बजार राम्रैसँग ततायो ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ को लागि सन्दीपले अमेरिका हुँदै जानको लागि भिसा आवेदन गरेका थिए । यस सिजनको सिपिएलको फाइनल फ्लोरिडामा हुने भएकोले अमेरिकाको भिसाको लागि आवेदन दिएको भनाई सन्दीपको रहेको छ ।

आवश्यक कागजात तथा प्रकृया पुरा गरे पनि भिसा अस्वीकृत भएकोमा आश्चर्य लागेको भन्दै सन्दीपले ट्वीट गरेका थिए । अन्ततः अमेरिकी दूतावासले सन्दीपलाई दिउँसो १:३० मा पुन: बोलाएर भिसा स्वीकृत गरेको थियो ।  सन्दीपले भिसा अफिसर आफूप्रति निकै रुखो रुपमा प्रस्तुत भएकोमा पनि खिन्नता प्रकट गरे । नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री, हेलो सरकार तथा अमेरिकी दूतावासलाई समेत मेन्सन गर्दै ट्वीट गरेका थिए । 



यो गुनासो पोखिएको ट्वीट पश्चात् रिभ्युमा बोलाएर भिसा स्वीकृत गरे पछि सन्दीपले आफ्ना समर्थक तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।



सेप्टेम्बर ४ तारिखबाट सुरु हुने क्यारेबियन लिगमा सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट खेल्दैछन् ।


 


 


 


LetzCricket Team

LetzCricket is a sports news website focused on the Nepal's domestic cricket as well as international cricket matches.