दुई देशिय एकेडेमी स्तरीय अन्डर नाईनटिन मैत्रीपुर्ण सिरिज मंगलबार देखी शुरू

|
दुई देशिय एकेडेमी स्तरीय अन्डर नाईनटिन मैत्रीपुर्ण सिरिज मंगलबार देखी शुरू

ब्याट्रिक क्रिकेट एकेडेमी नाेएडा काे ब्यबस्थापन मा नेक्सस क्रिकेट एकेडेमी काठमाडौं नेपाल र अाषिस नेहरा क्रिकेट एकेडेमी दिल्ली भारत बीच वान डे फर्म्याट मा संचालन हुने मैत्रीपुर्ण सिरिज कार्तिक २६ गते मंगलबार देखी शुरू हुने भएकाे छ ।

ब्याट्रिक क्रिकेट एकेडेमीको खेलमैदान सेन्चुरीयन क्रिकेट स्टेडियम मा ५ दिन सम्म संचालन हुने सिरिजमा सहभागी हुन राज बमकाे कप्तानीमा रहेकाे नेक्सस क्रिकेट एकेडेमीको टिम भारत पुगिसकेको नेक्सस कि म्यानेजर सरस्वती शाहीले बताउनु भयाे ।

खेलाडी हरूकाे खेल क्षमता मा निखार ल्याउनका लागि यस्ता खालका सिरिज अाबशेक रहेकाे बताउदै शाहीले भारतकै चर्चित र उत्कृष्ट एकेडेमी हरू संग नेक्सस ले सिरिज खेल्न पाउनु साैभाग्य भएकाे र यस्ता सिरिज निरन्तर अायाेजना गरिने जनाउनु भयाे ।

टिम नेक्सस मा कप्तान राज बम, उप कप्तान अमृत थापा, बिपीन बिक्रम शाही, उत्तम थापा, समिर बिष्ट, शिबराज जाेसी, अनुराग सिंह, राेबिन क्षेत्री, प्रमाेद पाैडेल, रमेश बुढा, सन्देश पाण्डे र अभए उपाध्याय रहेका छन ।