ज्ञानेन्द्रको ब्याट चल्दा मलेसिया विरुद्ध नेपाल विजयी

|
ज्ञानेन्द्रको ब्याट चल्दा मलेसिया विरुद्ध नेपाल विजयी

Image Source : ICC

Malaysia vs Nepal - Full Scorecard

सिंगापुरमा जारी आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । यस जितसँगै नेपालले जारी प्रतियोगितामा पुनरागमन गर्दै क्वालिफाइ हुने सम्भावना जीवितै राखेको छ ।

टस जितेर फिल्डिंग गरेको नेपालले वर्षाका कारण ९ ओभरमा छोटयाइएको खेलमा मलेसियालाई ९ ओभरमा ८३ रनमा रोकेको थियो । मलेसियाका लागि शइद अजिजले १५ बलमा ३० रन बनाए । यस्तै विरन्दीप सिंहले १७ बलमा २१ रनको योगदान दिए । नेपालको तर्फबाट सोमपाल कामीले २ ओभरमा २३ रन खर्चँदै ३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट हात पारे । यस्तै सन्दीप लामिछाने तथा करण केसीले समान एक एक विकेट लिए ।

ज्ञानेन्द्रको कीर्तिमान

८४ रनको विजयी लक्ष्य पछ्याएको नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ले शानदार ५१ रन बनाए। २१ बलको सामना गरेका ज्ञानेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे । विगत केही समयदेखि खराब फर्मसँग जुधिरहेका ज्ञानेन्द्रको आलोचना पनि हुँदै आएको थियो । टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाउने क्रममा उनले २० बलमा अर्धशतक पूरा गर्दै नेपालको लागि टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् ।

 

Match Summary :
Nepal 86/3 in 8 Overs (Gyanendra Malla 51, Binod Bhandari 13*, Muhamad Syahadat 19-3)
beat
Malaysia 83/7 in 9 Overs (Syed Aziz 30, Virandeep Singh 21, Sompal Kami 23-3, Basant Regmi 9-2)
by 7 wickets

 

यस खेल पश्चात् नेपालले २ खेलबाट १ जित र १ हारसहित २ अंक जोडेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।