एकेडेमी क्रिकेट लिग : काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बिजयी

|
एकेडेमी क्रिकेट लिग : काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बिजयी

एकेडेमी क्रिकेट लिगको दास्रो दिन सम्पन्न ज्ञानज्योती क्रिकेट एकेडेमी दाङ काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बीच भएको खेल २८ रन ले काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बिजयी भएको छ ।

ज्ञानज्योती क्रिकेट एकेडेमीले टस जितेर फिल्डिङ रोज्दै काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर लाई ब्याटिङको निम्तो दिएको थियो । निर्धारित १६ ओभरमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले ८ बिकेट गुमाउदै ७५ रन बनाएको थियो । काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका दुर्गेश थापाले २२ रन, राहुल भण्डारी र शंकर पौडेलले समान १३÷१३ रन बनाएका थिए ।

बलिङ तर्फ ज्ञानज्योतीका डब्लु मल्लिक ले ३ ओभरमा ७ रन खर्चिदै ४ बिकेट लिएका थिए भने सोहन यादव, राजेश यादव, सुदिप बिक र सिवान पुनले समान १÷१ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको ज्ञानज्योती क्रिकेट एकेडेमीले १३ ओभरमा १० बिकेट गुमाउदै ४७ रन बनाउदा २८ रनले खेल गुमाएको थियो । ज्ञानज्योती क्रिकेट एकेडेमीका ब्याट्स म्यान सोहन यादवले २० रन र अरबिन्द जैसवालले ११ रन बनाउदा अन्य ब्याट्स म्यान हरुले दोहोरा अंक बनाउन सकेनन् ।

बलिङ तर्फ काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका तिलक भण्डारी र बिपीन आचार्यले समान ३÷३ बीकेट लिएका थिए भने सुर्या तामाङ र हेमन्त धामीले समान १÷१ वीकेट लिएका थिए । खेलमा म्यान अफ दि म्याच काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका तिलक भएका थिए ।